नेप्सेमा फेरि ३१ अंकको गिरावट

तु खबर संवाददाता
२०७९ असार ८, बुधबार १६:०१

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३१ अंकले गिरावट आएको छ । अघिल्लो दिन मंगलबार ३७ अंकले बढेको नेप्से परिसूचक आज ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य छन् । मंगलबार हरियाली छाएको सबै सूचक आज घटेर राताम्य हुन पुगेका छन् । सर्वाधिक बीमा समूहहरुकै घट्न पुगेको छ । शेयरबजार बढ्दा बीमा सूचक नै चम्किने र शेयरबजार घट्दा बीमा समूह नै खस्किने गरेको छ ।