हेटौंडाका युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ असार ७,मंगलवार १८:४६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध उइनसिरेक्स ६५ बोतलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईस्थित पूर्वपश्चिम राजमार्गबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने सुनिल देउला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । देउलालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार, सोमबार पथलैयाबाट हेटौंडातर्फतर्फ आउँदै गरेको बा २५ प १२४ नम्वरको मोटरसाइकल चेकजाँज गर्ने क्रम उक्त मोटरसाकल चालक उनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।