करणी गरेको आरोपमा मकवानपुरका युवक पक्राउ

तु खबर संवाददाता
२०७९ असार ६,सोमबार १५:४५
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

रुम्बामाथि ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।