काठमाडौंमा दुई जना हैजाका बिरामी भेटिए

तु खबर संवाददाता
२०७९ असार ५,आईतवार १९:२२

काठमाडौं । काठमाडौंमा दुई जना हैजाको बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा गत जेठ २ गते भर्ना भएका दुई जना बिरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।