जबरजस्ती करणी मुद्दाका दोषी १० बर्षपछि पक्राउ
वीरगञ्ज । पर्सामा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १ का ३५ वर्षीय उमाशंकर गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार, २०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि उनी फरार रहेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार ०५ गते ११ बजे वीरगञ्ज–१ छपकैयाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि अदालत बुझाइएको प्रहरीले जनाएको छ ।
