हेटौंडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार ०८:३३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाईँटोलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर घर भइ हेटौंडामा डेरा बस्दै आएका ३९ वर्षीय अन्जन कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार साँझ सवा ७ बजे मनकामना चोकबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा ९५ प ८५६१ को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटजन हुँदा उनको मृत्यु भएको हो । यस्तै, उक्त दुर्घटनामा परेर कर्णकी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र ११ वर्षीय छोरा आर एन कर्ण घाईते भएका छन् ।