शौचालयमा लडेकी खड्काको मृत्यु
काठमाडौं । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्वर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका-५ कि ४९ वर्षीय सुशीला खड्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
