१४ अंकले घट्यो शेयरबजार

तु खबर संवाददाता
२०७९ जेष्ठ २७,शुक्रबार १५:४१

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा शेयर दोहोरो अंकले घट्न पुगेको छ । बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको नेप्से परिसूचक आज १४ अंकले घटेर इन्डेक्स २०४८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्से १४ अंकले घटेर सूचकिृत २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँको कारोबार भएको छ । यसअघि बिहीबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको खस्किएको छ । सो समूहको आज १००.८७ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, जीवन बीमा समूहको ६८.९४ रुपैयाँ, निर्जिबन बीमा समूहको ७९.५७ रुपैयाँले घट्न पुगेको छ ।