छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वडा सदस्य थिङ् पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १५:३४

काठमाडौँ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नवनिर्वाचित वडा सदस्यलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं– १७ का निर्वाचित वडा सदस्य टल्के थिङ्लाई प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षको उमेरदेखि नै आफ्नै बाबुले पटक पटक बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा थिङ्लार्इ बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थिङ्लाई इलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भइरहेको सिमरा प्रहरीले जनाएको छ ।

यो कुरालाई बाहिर ल्याएमा मार्ने डर धम्की दिएको र यस कार्यमा पीडितकी आमाले पनि बुबालाई साथ दिएको कारण घटना यतिका समय गुपचुप रहेको प्रहरीले बताएको छ ।