आजबाट बालबालिकालाई कोरोनाको बुस्टर डोज लगाइने

तु खबर संवाददाता
२०७९ जेष्ठ २७,शुक्रबार ०८:२२
file-photo

काठमाडौं । सरकारले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका बालबालिकाहरुलाई बुस्टर डोज लगाउने भएको हो ।

यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ । यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।