चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा वर्षासँगै आएको चट्याङ लागेर बोदेबर्साइन नगरपालिका वडा नम्वर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
