शेयरबजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ जेष्ठ २६,बिहीबार १६:२७

काठमाडौं । बिहिबार शेयरबजार फेरी गिरावट आएको छ । बुधबार ६०.२२ अंकले बढेर २०८० को विन्दुमा पुगेको शेयर बजार बिहीबार १७ अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ । यसअघि बुधबार नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको थियो ।

अघिल्लो दिन हरियाली छाएको १३ उपसूचक नै आज राताम्य भएका छन् । नेप्से घटेसँगै आज सर्वाधिक विकास बैंक समुहको ७३.५४ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, हाइड्रोपावर सूचकको ४०.५९ रुपैयाँले घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको ४९.८६ रुपैयाँले घट्न पुगेको छ ।