काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालन

तु खबर संवाददाता
२०७९ जेष्ठ २३,सोमबार १८:१६

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) संचालनमा आएको छ । आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र संचालन गरिएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र संचालन गरिएको हो ।