समाजवादीले मन्त्री हेरफेर गर्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १७:२९
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्दैछ । त्यसको लागि पार्टीले नाम पनि सिफारिस गरिसकेको छ । पार्टीलेशहरी विकासमन्त्रीमा मेटमणि चौधरी, पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङलाई जिम्मेवारी दिनेगरी  सिफारिस गरेको छ ।

पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बुझाएका पार्टीका उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।