७ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कामी पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १०:५५

काठमाडौँ । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका वडा नम्वर ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ। कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका– ५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका–३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।