राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री

तु खबर संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार १०:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बागमती प्रदेशको अध्यक्षमा माधब खत्री चयन भएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षमा खत्रीलाई चयन गरेको हो ।

खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षमा चयन भएसँगै खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।