हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानरगपालिका वडा नम्वर १९ बस्तीपुरबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको ३४ पिससहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका वडा नम्वर ३ बस्ने ३४ वर्षीय रबि घलान र ३० वर्षीय बिनोद बल रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेका ईलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
