हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ १८, बुधबार १५:१०
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ कर्रा पुल नजिकै हाल नम्वर नखुलेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय एक पुरुष रहेका छन् । उनको खनाखत हुन सकेको छैन । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।