पूर्वधार शीर्षकमा उठाउँदै आएको पेट्रोलियम पदार्थको कर हटाउन आपूर्ति मन्त्रालयलाई पत्र

तु खबर संवाददाता
२०७९ जेष्ठ १८,बुधबार १०:०८
filr-photo

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले मंगलबार एक पत्र लेख्दै पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो ।

अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि उद्योग मन्त्रालयलाई पत्र पठाएको हो । योसँगै अब पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत मिल्ने भएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।