मकवानपुरमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम हुने

तु खबर संवाददाता
२०७९ असार ९,बिहीबार १०:१९

मकवानपुर । मकवानपुरमा तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरले भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा यही असार १२ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमको आयोजना गर्ने भएको हो ।

फाउण्डेशनले असार १२ गते बिहान ७ बजे हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम, १३ गते दिउँसो १ बजे हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा वक्तित्वकला प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

यसैगरी, असार १४ गते बिहान ७ बजे शहिद स्मारकमा माल्यार्पण कार्यक्रम, ८ः३० बजे हेटौंडा–९ स्थित बाल उद्यान पार्कमा वृक्षारोपणलगायतको कार्यक्रम गर्ने भएको मदनभण्डारी फाउण्डेशन मकवानपुरले जनाएको छ ।