गणतन्त्र दिवस : बागमती प्रदेश प्रमुख शर्माद्वारा कार्यक्रम शुभारम्भ

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार ०९:२४

मकवानपुर । आज देशभर गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।

सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रम प्रदेश प्रमुख यादव चन्द्र शर्मा,  मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा गणतन्त्र दिवस लेखिएको ब्यानरसहितको बेलुन आकाशमा उडाएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, प्रदेशस्तरको सचिवहरु, नेपाल प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाका उच्चस्थ अधिकारीहरु, पत्रकार र सरकारी कर्मचारीलगायतको सहभागिता रहेका छन् ।