हेटौंडामा दुर्व्यवहार न्यूनिकरण सम्बन्धी एक दिने अभिमुखीकरण

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १६:४४

मकवानपुर । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार न्यूनिकरण सम्बन्धी हेटौंडामा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको हो ।

वन मन्त्रालयका सचिव यज्ञनाथ दाहालको अध्यक्षता एवम् वन तथा वातावरण मन्त्री बिशाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन मन्त्रालय अन्तरगतका १५ वटा डिभिजन वन कार्यालयका प्रमुखहरु, ५ वटा भू तथा जलाधार कार्यालयका प्रमुखहरुको सहभागितामा रहेको थियो ।