हेटौंडामा विजयी र्याली (फोटोफिचर)

तु खबर संवाददाता
२०७९ जेष्ठ ७, शनिबार १०:५५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज विजयी र्याली निकालिएको छ । स्थानीय तह निर्वाचन अन्तरगत गत बैशाख ३१ गतेदेखि सुरु भएको हेटौंडा उपमहानगरपालिकाको मत गाणना कार्य शुक्रबार राति सम्पन्न भएसँगै निर्वाचित भएका विभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा आज विजयी र्याली निकालेको हो ।

हेटौंडाको फरेष्टीबाट सुरु भएको र्याली बुद्धचोक, संगमचोक, कांग्रेस चोक, मानस चोकलगायत उपमहानगरपालिकाको विभिन्न क्षेत्र परिक्रममा गरी सिमाचोकमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ ।

उक्त र्यालीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शुक्रबार राति सावजनिक गरेको मतपरिणाम अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।

हेर्नुहोेस् फोटो ।