हेटौंडा ११ को २१०८ मत गन्दा मेयरमा राप्रपा, वडामा दाहाल अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १०:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म २ हजार १०८ मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामालाई ५३१ मत प्राप्त भएको छ ।

यस्तै, नेकपा एमालेका अनन्त पौडेललाई ४९७ मत प्राप्त भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंहलाई ७४१ मत प्राप्त भएको छ । यस्तै, उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ ७५१ मत, एमालेकी सुमित्रा काफ्लेलाई ७४० मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १९० मत प्राप्त भएको छ ।

यस्तैगरी, वडा अध्यक्ष पदमा एमालेकी जुना दाहाललाई ९५८ मत, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधुकुमार थापा मगरलाई ५४१ मत, राप्रपाका राधाकृष्‍ण बजगाई १०४ मत र स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्का क्षेत्रीलाई ५०३ मत प्राप्त भएको छ ।