हेटौंडा १० को ५०८ मतगणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १८:२८

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४, ५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।

हाल वडा नम्वर १० को मतगणना भइरहेको छ । हेटौंडा १० को हालसम्म ५०८ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामालाई १२२ मत, एमालेका अनन्त पौडेललाई १४३ मत र राप्रपाका दीपकबहादुर सिंहलाई १८० मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई १९२ मत, एमालेकी सुमित्रा काफ्लेलाई १७२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ६६ मत प्राप्त भएको छ । त्यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका फूर्बा दोर्जे तमाङ्गलाई २०१ मत, नेपाली कांग्रेसका रमेशध्‍वज कार्कीलाई १३९ मत, नेकपा माओवादी केन्द्रका सन्‍तोष न्‍यौपानेलाई ७५ मत र राप्रपाका राजकुमार थापा क्षेत्रीलाई ४८ मत मत प्राप्त भएको छ ।