स्थानीय तह निर्वाचन : २९ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १७:४९

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी छ । हालसम्म देशभरका २९ हजारभन्दा बढी जनप्रतिनिधिहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा कूल २९ हजार ३०३ जनप्रतिनिधिहरु निर्वाचित भएको जानकारी गराएका हुन् ।

हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।