रुखको हाँगाले लागेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १७:१०
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंमा रुखको हाँगाले लागेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार साँझ राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा कार्की गम्भीर घाइते भएका थिए । घाइते उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ ।