हेटौंडा ९ को २५० मत गन्दा मेयरमा राप्रपा, वडामा गठबन्धन पहिलो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को मतगणना जारी रहेको छ । हालसम्म २५० मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ७६ मत, नेकपा एमालेका अनन्त पौडेलले ५८ मत पाएका छन् भने राप्रपाका दिपक सिंह ७८ मतसहित पहिलो स्थानमा रहेका छन् ।
त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले १०८ मत, एमालेकी सुमित्रा काफ्लेले ७६ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले २६ मत पाएका छन् ।
वडा अध्यक्ष पदमा गठबन्धनबाट एकीकृत समाजवादीका सुकराम केसीले १४७ मत, एमालेका लक्ष्मणप्रसाद भण्डारीले ६९ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कविन्द्र राज भट्टराईले २२ मत पाएका छन् ।
