हेटौंडा ४ मा ४२४७ मत गणना: मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार २४७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ७१६ मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ८९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २ हजार १०५ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार २१८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५५६ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ७२८ मत, एमालेका नविन सिग्देलले १ हजार ७८३ मत र राप्रपापाका उम्मेदवारले ४५९ मत पाएका छन् । वडा अध्यक्ष पदमा सिग्देलले ५५ मतले गठबन्धनका पौडेललाई पछाडी पारेका छन् ।
