हेटौंडा ५ को ४२४५ मत गन्दा राप्रपा पहिलो स्थानमा

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १८:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ४ हजार २४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ९९२ मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार ८६ मत पाएका छन् भने राप्रपाका दिपक सिंह १ हजार ५९३ मतसहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले २ हजार ४२८ मत, एमालेकी सुमित्रा काफ्लेले ९८४ मत  र राप्रपाकी इन्दिरा डल्लाकोटीले २३९ मत पाएका छन् ।

वडा अध्यक्ष पदमा एमालेका सुशिल घिमिरेले २००१ मत, गठबन्धनका उम्मेदवार हयग्रिब आचार्यले १०८० मत पाएका छन् भने राप्रपाका उम्मेदवार रामकृष्ण श्रेष्ठले २५५ मत पाएका छन् ।