हेटौंडा ४ को ३२०७ मतगणना : मेयरमा राप्रपा, वडामा एमाले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २०७ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार ३२४ मत ल्याएका हुन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले ८३० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७९२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ६१४ मत, एमालेकी सुमित्रा काफ्लेलाई ९३७ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ४३९ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार ३०५ मत, एमालेका नविन सिग्देलले १ हजार ३७२ मत र राप्रपापाका उम्मेदवारले ३५५ मत प्राप्त गरेका छन् ।
