अपडेट : हेटौंडा ५ को वडाध्यक्षमा एमालेका घिमिरे अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १४:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ६४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८७६ मत, नेकपा एमालेका अनन्त पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १ हजार ४२५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले हजार २ हजार १६२ मत, एमालेकी सुमित्रा काफ्लेले ८१२ मत पाएका छन् । राप्रपाकी इन्दिरा डल्लाकोटीले २१५ मत पाएकी छिन् ।

वडा अध्यक्ष पदमा एमालेका शुसिल घिमिरेले १ हजार ७४६ मत, गठबन्धनका हयग्रिब आचार्यले ८३२ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार रामकृष्ण श्रेष्ठले १८३ मत पाएका छन् ।