हेटौंडा १५ मा २५१४ मतगणना : अनन्त पौडेल पहिलो, दिपक सिंह तेस्रो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ५१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले १ हजार २० मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार १०८ मत र राप्रपाका दिपक सिंहले २१८ मत पाएका छन् ।
त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ८९० मत, एमालेकी सुमित्रा काफ्लेले १ हजार २९० मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले ५५ मत पाएका छन् ।
वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले १ हजार ४८५ मत, गठबन्धनका नवराज घलानले ८८४ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।
