हेटौंडा १७ मा अब ५५० मत मात्रै गन्न बाँकी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३३१ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १ हजार ३५ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले ९५२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ९०८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ३८६ मत, एमालेकी सुमित्रा काफ्लेलाई ९७३ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २६९ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १ हजार १४८ मत, एमालेका उम्मेदवारले ९८९ मत, नेकपा माओवादीका उम्मेदवारले ७२२ मत र राप्रपाका उम्मेदवारले १६७ मत प्राप्त गरेका छन् । हेटौंडा १७ मा ३ हजार ८७३ मत खसेको थियो । जसमध्ये अब ५ सय ५० मत गणना गर्न बाँकी रहेको छ ।
