थाहा नगरपालिकाको मेयरमा विष्ट, उपमेयरमा गोपाली विजयी
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । मेयरमा विष्ट ९ हजार ७१९ मत र उपमेयरमा गोपाली ८ हजार ६०७ मतसहित विजयी भएका हुन् ।
यस्तै, मेयर पदमा नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका थिए भने उपमेयरमा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरेकी थिइन् । थाहामा कुल २३ हजार ५६ मत खसेको थिाये । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वटा वडामा जित हाँसिल गरेको छ । थाहामा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो ।
