हेटौंडा ३ को २८५६ मतगणना : कस्को मत कति ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८५६ मत गणना गर्दा मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले ८२० मत प्राप्त गरेका छन् भने एमालेका अनन्त प्रसाद पौडेलले ५३४ मत प्राप्त गरेका छन् ।
मेयरमा ३ नम्वर वडाबाट सबैभन्दा धेरै भोट गडबन्धनकी उम्मेदवार मिना लामाले प्राप्त गरेकी छन् । लामाले १ हजार १३२ मत प्राप्त भएको छ मत ल्याएका हुन् ।
त्यस्तै, उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेले ७३६ मत ल्याउँदा राप्रपाकी इन्दिरा डल्लकोटीले १७८ मत प्राप्त गरेकी छिन् । गठबन्धनका राजेश बानियाँले सबैभन्दा धेरै १ हजार ४५३ मत प्राप्त गरेका छन् ।
वडामा भने नेपाली कांग्रेसका ढलकबहादुर थापाले १ हजार ३३४ मत ल्याएका छन् । त्यस्तै, एमालेका रामकुमार पुडासैनीले ८११ मत, नेकपा माओवादीका रुपेश बर्तौलाले ४९३ मत र राप्रपाका गणेश बर्तोलाले ८१ मत ल्याएका छन् ।
