हेटौंडा ४ मा १५५४ मत गणना हुँदा वडामा गठबन्धनको अग्रता

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १६:४५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५५४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ४१० मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ६२२ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७९६ मत, एमालेकी सुमित्रा काफ्लेलाई ४२४ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २१३ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले ६४७ मत, एमालेका नविन सिग्देलले ६३२ मत र राप्रपाका उम्मेदवारले १७३ मत पाएका छन् ।