हेटौंडा १४ मा १०० मत गन्दा एमालेको अग्रता

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १५:३८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म १ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २९ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ३ मत र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ५८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २९ मत, एमालेकी सुमित्रा काफ्लेलाई ६३ मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीलाई १ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले ३४ मत र एमालेका उम्मेदवारले ६५ मत प्राप्त गरेका छन् । हाल हेटौंडा, ३, ४, ५, ६, १४, १५, १६ र १७ नम्वर वडाको मतगणना जारी रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।