मतगणना अपडेट : हेटौंडा ३ मा मिना लामा अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १५:२५
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ७०६ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले १ हजार ९३ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ७६५ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४९७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई १ हजार ६६३ मत, एमालेकी सुमित्रा काफ्लेलाई ७२० मत र राप्रपाकी उम्मेदवार इन्दिरा डल्लाकोटीलाई १७२ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १ हजार २५५ मत, एमालेका उम्मेदवारले ७६८ मत, नेकपा माओवादीका उम्मेदवारले ४७५ मत प्राप्त गरेका छन् ।