हेटौंडा १६ मा १५१३ मतगणना : रामकृष्णको भारी मत

तु खबर संवाददाता
२०७९ जेष्ठ ३,मंगलवार १४:२८
file photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर १६ को हालसम्म १ हजार ५१३ मत गणना भएको छ । प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ५६४, नेकपा एमालेका अनन्त पौडेललाई ३०१ र राप्रपाका दिपक सिंहलाई ४८६ मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयरका लागि गठबन्धनका राजेश बानियाँले ८०८ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३५८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ७८ मत प्राप्त भएको छ । त्यस्तै, वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका रामकृष्ण कोइरालालाई १ हजार १५ मत, एमालेका बसन्त लामिछानेलाई ४१६ मत र राप्रपाका उम्मेदवारलाई २१ मत प्राप्त गरेका छन् । यस वडामा ३ हजार ७३९ मत खसेको थियो ।