हेटौंडा ६ मा ११५३ मत गणना हुँदा कांग्रेसका दाहाल अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ११:४०
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १५३ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले ४७१ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले २६८ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २२२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ४९९ मत, एमालेकी सुमित्रा काफ्लेलाई २४९ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १७६ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विश्वराज राईले ३८३ मत, कांग्रेसका उम्मेदवार विष्णुबहादुर दाहालले ३९१ मत, राप्रपाका उम्मेदवार केदार राईले २४३ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु गुरुङले ८३ मत प्राप्त गरेका छन् । हाल हेटौंडा ३, ४, ५, ६, १५, १६ र १७ नम्वरको मतगाणना जारी छ ।