हेटौंडा ६ मा ६५९ मत गणना हुँदा एमालेका राई अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ०९:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ६५९ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले २११ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनकी मिना लामाले १४९ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८३ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई २७२ मत, एमालेकी सुमित्रा काफ्लेलाई २०४ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १०१ मत प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विश्वराज राईले २२१ मत, कांग्रेसका उम्मेदवार विष्णुबहादुर दाहालले २११ मत, राप्रपाका उम्मेदवार केदार राईले १४१ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु गुरुङले ४३ मत प्राप्त गरेका छन् । हाल हेटौंडा ३, ४, ५, ६, १५, १६ र १७ नम्वरको मतगाणना जारी छ ।