हेटौंडा ५ मा ९६२ मत गन्दा मेयरमा राप्रपा, उपमेयरमा गठबन्धन अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ९ सय ६२ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंह अगाडि छन् । सिंहले ३८४ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धनकी मिना लामाले २३० मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ५६७, एमालेकी सुमित्रा काफ्लेलाई २२१ मत, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ६६ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले २५५ मत, एमालेका उम्मेदवारले ४५९मत र राप्रपाका उम्मेदवारले ६१ मत प्राप्त गरेका छन् ।
