हेटौंडा २ मा अब ४५९ मत मात्रै गन्न बाँकी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८२७ मत गणना गर्दा मेयर पदमा गडबन्धनकी उम्मेदवार मिना लामालाई ५२२ मत प्राप्त भएको छ भने एमालेका अनन्त प्रसाद पौडेललाई ४६२ मत प्राप्त भएको छ ।
मेयरमा २ नम्वर वडाबाट सबैभन्दा धेरै भोट राप्रपाका दिपकबहादुर सिंहले प्राप्त गरेका छन् । उनले १ हजार ४ सय ३० मत ल्याएका हुन् ।
त्यस्तै, उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेले ६१६ मत ल्याउँदा राप्रपाकी इन्दिरा डल्लकोटीले ४२६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका राजेश बानियाँले सबैभन्दा धेरै १ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् ।
वडामा भने गठबन्धनका विष्णुगोपाल महर्जनले १ हजार ५१ मत ल्याएका छन् । त्यस्तै, एमालेका हरि राउतले ६९६ मत र राप्रपाका किशोर ढकालले ४६७ मत ल्याएका छन् । २ नम्वर वडामा ३ हजार २ सय ८६ मत खसेको थियो । जसमध्ये अब ४५९ मत गणना गर्न बाँकी रहेको छ । एमाले उम्मेदवार राउतलाई गठबन्धनका महर्जनले ३५५ मतले पछाडि पारेका हुन् ।
