बुद्धको मार्गदर्शनले राष्ट्रिय एकता तथा विश्व शान्तिमा टेवा पुग्छ: प्रदेश प्रमुख शर्मा

तु खबर संवाददाता
२०७९ जेष्ठ २, सोमबार ०७:५७
file-photo

मकवानपुर । आज सोमबार मनाइँदै गरिएको २५६६ औं बुद्ध जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश जारी गरेका छन् । ‘सम्पूर्ण बौद्दमार्गी नेपालीहरु तथा बुद्धको भातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ प्रदेश प्रमुख शर्माले बुद्घ जयन्तीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रमुख शर्माले सन्देशमा वैशाख शुक्लपक्षको पूर्णिमा तीति आजको दिनमा गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्दा भाव व्यक्त गर्ने महत्वपूर्ण दिनका रुपमा हामीले बुद्घ जयन्ती मनाउने गरेको बताए ।

नेपालको कपिलवस्तुमा जन्मिनु भई विश्व र शान्तिका अग्रदूतका रुपमा प्रख्यात गौतमबुद्धप्रति सदैव गौरवबोध रहेको उल्लेख गर्दै प्रमुख शर्माले उहाँको मार्गदर्शन अनुशरण गरेमा राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्ने आफ्नो विश्वास रहेको बताए । जनाए । ‘उहाँका प्रेरणादायी उपदेश तथा जीवनोपयोगी मार्गदर्शनलाई अनुशरण गर्न सकेमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व अभिवृद्दि भई राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्दछ भन्ने मलाई विश्वास छ ।’ प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
साथै प्रमुख शर्माले गौतम बुद्धका उपदेश तथा मार्गदर्शनलाई पछ्याउँदै सत्य,शान्ति, तथा समृिद्घदको पथमा हिड्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।