भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा, उपाध्यक्षमा सन्जिव श्रेष्ठ निर्वाचित
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई झिनो मतले पराजित गरेका हुन् ।
लामाले ५ हजार ५ सय ९१ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गरे । एमालेकी पार्वती राना १६ मतान्तरले पराजित भएकी हुन् । लामा भीमफेदीका निवर्तमान अध्यक्षसमेत हुन् भने पराजित भएकी राना निवर्तमान उपाध्यक्ष हुन् ।
