भीमफेदी मतगणना अपडेट : ६ वटा वडाको गन्दा गठबन्धनका स्याङ्तान अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १५:२३

मकवानपुर । भीमफेदी गाउँपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बद्रीबहादुर स्याङ्तानले ३ हजार ९३४ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा सञ्जिव श्रेष्ठले ३ हजार ८९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिदम लामाले ३ हजार ७४३ मत पाएका छन् भने उपाध्यक्षमा पार्वती रानाले ३ हजार ५ सय ४५ मत पाएकी छिन् ।

भीमफेदीमा हालसम्म ६ वटा वडाको परिणाम आइसकेको छ । जसमा वडा नम्वर १ र ६ मा कांग्रेसले, २, ४ र ५ मा नेकपा एमालेले, वडा नम्वर ३ मा माओवादी केन्द्रले जित हात पारेको छ । हाल वडा नम्वर ७ र ७ को मतगणना जारी रहेको छ । भीमफेदीमा ९ वटा वडा रहेको छ ।