हेटौंडा १ मा २५२३ मत गन्दा कांग्रेसका न्यौपानेको अग्रता

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ११:३९
file-photo

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । १ नम्वर वडाको हालसम्म २ हजार ५२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७७५ मत ल्याएकी छिन् ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले ६७५ र राप्रपाका दिपक बहादुर सिंहले ६९५ मत ल्याएका छन् । उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १ हजार १०५, एमालेकी सुमित्रा काफ्लेले ८९८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले २७१ मत पाएका छन् ।

वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ९४ मतले एमालेका उम्मेदवार उत्तम पौडेललाई पछि पारेका छन् । न्यौपानेले १ हजार १३६ मत ल्याएका छन् भने एमालेका उत्तम पौडेलले १ हजार ४२ मत ल्याएका हुन् । राप्रपाका उम्मेदवारले १४४ मत ल्याएका छन् ।