हेटौंडा २ को १२१८ मतगणना : कसले कति पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ०८:३५

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । २ नम्वर वडाको हालसम्म १ हजार २ सय १८ मत गणना भएको छ । जसमा राप्रपाबाट मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार अनन्त पौडेलले २४८ मत, गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले २३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ५९५, एमालेकी सुमित्रा काफ्लेले ३११ र राप्रपाकी इन्दिरा डल्लाकोटीले १७७ मत पाएकी छिन् ।

वडा अध्यक्षमा गठबन्धनका विष्णु गोपाल महर्जनले ४५४, नेकपा एमालेका हरि राउतले ३४५ र राप्रपाका किशोर ढकालले २११ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले १०९ मत पाएका छन् ।