बकैया १ नम्वर वडा अध्यक्षमा माओवादी केन्द्रका तितुङ निर्वाचित

तु खबर संवाददाता
२०७९ बैशाख ३१, शनिबार २१:१८

मकवानपुर । बकैया गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । बकैैया गाउँपालिका वडा नम्वर १ को अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा माओवादी केन्द्रका आशिश तितुङले ७१६ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बोम्जनले ४४६ मत ल्याएका छन् । नेपाली कांग्रेसका कामी सिं मुक्तानले ३०८ तथा राप्रपाका कान्छामान भोम्जनले ११ मत ल्याएका छन् । वडा नम्वर १ मा १ हजार ५७५ खसेकोमा वडा अध्यक्षमा ९४ मत बदर भएको थियो ।